इन्जिनियर भट्टराईको स्मरणमा ‘दीपक मार्ग’ नामाकरण

<p>काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा इन्जिनियर दीपक भट्टराईको स्मरणमा कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको छ । स्वर्गीय प्राडा भटराईको नाम चीर कालसम्म स्मरणीय बनाउन कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको हो । नामाकरण गरिएको उक्त सडकको बुधबार एक कार्यक्रमको आयोजना गरी कलेज रहेको उक्त वडा [&hellip;]</p>

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका संस्थापक अध्यक्ष स्वर्गीय प्राडा इन्जिनियर दीपक भट्टराईको स्मरणमा कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको छ । स्वर्गीय प्राडा भटराईको नाम चीर कालसम्म स्मरणीय बनाउन कलेज जाने बाटोलाई दीपक मार्ग नामाकरण गरिएको हो ।

नामाकरण गरिएको उक्त सडकको बुधबार एक कार्यक्रमको आयोजना गरी कलेज रहेको उक्त वडा चाँंगुनारायण नगरपालिका वडा नं ४ का वडा अध्यक्ष बुद्धिलाल महर्जनले उद्घाटन गरे । कार्यक्रममा संघीय सांसद महेश वस्नेत, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाललगायतले स्वर्गीय भटराईको योगदानबारे चर्चा गरेका थिए ।

कलेजका संस्थापक अध्यक्ष स्वर्गीय भटराईले कलेजको उन्नतिको लागि पुयाएको योगदानको कदर गर्दै दीपक मार्ग घोषणा गरिएको कलेजका प्रिन्सिपल प्राडा हरिकृष्ण श्रेष्ठले बताए । स्वर्गीय भटराईको ४५ औं दिनको पुन्य तिथिमा सडकको नामाकरण गरी उदघाटन गरिएको प्राडा श्रेष्ठले जानकारी दिए ।

सामाजिक संस्थाका रुपमा नाफा नलिने उद्देश्यका साथ स्थापित कलेजलाई पछिल्लो समयमा त्यही रुपमा अगाडि वढाउन स्वर्गीय भटराईले पुर्याएको योगदान चीरकालसम्म पनि स्मरणीय होस् भनेर सडकको नामाकरण गरी उद्घाटन गरिएको उनले बनाए ।

Share News