पोखरा प्रिमियर लिगको ईन्टरनेट पार्टनरमा सुबिसु 

<p>काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागीता जनाएको छ । उक्त सम्झौतापत्रमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि हस्ताक्षर गरेका [&hellip;]</p>

काठमाडौं । टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केबलनेट प्रा. लि.ले पोखरा प्रिमियर लिगको दोस्रो संस्करणमा पनि इन्टरनेट पार्टनरको रुपमा सहभागीता जनाएको छ । उक्त सम्झौतापत्रमा सुबिसुका प्रमुख कार्यकारी अधिकृत विनयमोहन साउद र क्वीन इभेन्ट नेपालका प्रबन्ध निर्देशक छुम्बि लामा एवम्ं नेपाली क्रिकेट टिमका पुर्व कप्तान पारस खड्काको उपस्थितिमा सहकार्यका लागि हस्ताक्षर गरेका हुन् ।

नेपाली खेलकुदको विकास तथा खेलाडीहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यस वर्ष पनि सुबिसुले यस खेलका लागि सहकार्य गरेको हो । प्रत्येक खेलमा उत्कृष्ट क्याचर “क्लियर टिभी क्लियर क्याच” तथा “फास्टेस्ट फिफटी” लाई उपहार स्वरुप सुबिसु इन्टरनेट र क्लियर टिभी सेवा १ वर्षका लागि निःशुल्क प्रदान गरिने छ ।

सुबिसु केबलनेट (प्रा.) लि.ले केबल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम.पि.एल.एस भि.पि.एन.एस, व्यानएथर्नेट, होलसेल आइ.पि ट्रान्जिट ,एम.भि.पि,डाटा सेन्टर सोलुसनजस्ता मनोरञ्जनात्मक सेवा तथा बिजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

Share News