bikash news

२२ मंसिर २०८२, आइतबार

  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
  • भिडियो
युनिकोड
bikash news
युनिकोड
  • वित्त
    • बैंक
    • बीमा
    • सहकारी
    • विविध
  • सेयर
  • समाचार
    • समाचार
    • विश्व
  • बजार
    • उद्योग
    • बजार
    • पूर्वाधार
  • सेवा
    • प्रविधि
    • पर्यटन
    • शिक्षा
    • स्वास्थ्य
  • जनशक्ति
    • रोजगारी
    • नियुक्ति
  • समाज
    • जीवनशैली
    • खेलकुद
    • साहित्य
    • रगंमञ्च
  • विचार
    • विकास वहस
    • विचार
    • सम्पादकीय
  • पालिका
  • अटो
  • फोकस
  • भिडियो

नयाँ दिल्लीमा भिषण आगलागी हुँदा कम्तीमा ४३ जनाको मृत्यु

<p>नयाँ दिल्ली ।  भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् । सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको [&hellip;]</p>

विकासन्युज

आइतबार, २२ मंसिर, २०७६ १३:२९:२६

नयाँ दिल्ली ।  भारतको केन्द्रीय राजधानी नयाँ दिल्लीमा भएको आगलागीमा परी कम्तीमा ४३ जनाको मृत्यु भएको छ । कारखानामा आगलागी भएको र सख्त घाइतेहरुको संख्या धेरै भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सहरका साँघुरो बस्तीमा आगलागी भएपछि निर्माण सामग्री र भण्डारण गरिएका सामग्रीका कारण आगो नियन्त्रण गर्न कठिन भएर धेरैतिर फैलिएको बताइएको छ । “घटनास्थलबाट हामीले कम्तीमा ५० जनालाई उद्धार गरेका छौँ,” नयाँ दिल्लीका प्रहरी उपप्रमुख सुनिल चौधरीले भने । “उद्योगमा काम गर्ने मजदुरहरु सुतिरहेका बेला चार पाँच तले भवनमा आगलागी भएको थियो, खोजी तथा उद्धार कार्य अहिले पनि जारी रहेको छ ।”

नयाँ दिल्लीका एक जना बरिष्ठ प्रहरी अधिकारीले आगलागी भएको भवनमा कम्तीमा ५८ जना रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन् । अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण गर्न निकै कठिनाई भएको बताए। आगलागी भएको भवनमा स्कुले विद्यार्थीका झोला र प्याकेजिङ गर्ने सामग्री राखिएका थिए ।

उद्धारकर्ताहरुले आगलागीको कारण अहिलेसम्म खुल्न नसकेको र अनुसन्धान भइरहेको जनाएका छन् । उद्धार गरिएका सबैलाई नजिकैको अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । प्रहरीका अनुसार घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । भारतका धेरै शहरमा रहेका कारखाना तथा साना उत्पादन केन्द्रहरु पुराना तथा साँघुरा गल्लीहरुमा सञ्चालन गर्ने गरिएका छन् । रासस

Share News

लोकप्रिय

सबै पढ्नुहोस्

बैंकको संस्थापक सेयर बिक्रीसम्बन्धी नीति पुनरावलोकन गर्दै राष्ट्र बैंक

धितोपत्र बोर्डको निर्देशनले इन्भेष्टमेन्ट कम्पनी सकसमा, धमाधम सेयर बिक्री गर्नुपर्ने बाध्यता

जसले विदेशबाट चिकित्सा विज्ञान पढेर आफ्नै ठाउँमा सेवा गरे, करारबाट हटाइए

राष्ट्र बैंकमा काठमाडौंबासीको वर्चस्व, झापाली दोस्रो स्थानमा, ८ जिल्ला आउट

जो बसकाे खलासी हुँदै राष्ट्र बैंकको ईडी बने

सम्बन्धित खबर

विकासन्युजमा समाचार आएपछि एनपीएलएको आयव्यय सार्वजनिक गर्न बाध्य भयो क्यान

म एमालेमै छु, कसैकाे इच्छाले मेरो सदस्यता खारेज हुँदैन : पूर्वराष्ट्रपति भण्डारी

बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा, प्रधानमन्त्री ओलीले पनि विवादित मन्त्रीलाई विदा गर्दै

ओलीले विद्यासँग राख्दैछन् कार्यवाहक अध्यक्षको प्रस्ताव, सदस्यता नवीकरणबारे अधिवक्तासँग परामर्श

सम्पर्क

  • विकास मिडिया प्रा. लि.
  • बागबजार, काठमाडौं ।
  • दर्ता नं.: सूचना विभाग दर्ता नं. ४७२/०७४-७५
  • फोन नम्बर: ९७७-०१-५३१५८६४

समाचारका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9802020368

विज्ञापनका लागि

  • Mail: [email protected]
  • Mobile/whatsapp:9813792874

सोसल मिडिया

Like us on Facebook Follow us on Twitter Subscribe us on youtube Follow us on Instagram Follow us on Tiktok Follow us on Threads

विशेष श्रृंखला

  • विकास नायक
  • ट्रेण्ड सेटर उद्यमी
  • अव्बल व्यवस्थापक
  • स्वतन्त्र लेखन प्रतियोगिता
  • चुनावी संग्राम
  • हाम्रो बारेमा
  • विकासन्युज नीति
  • हाम्रो टिम
  • अध्यक्ष/प्रधान सम्पादक : रामकृष्ण पौडेल
  • सम्पादक : सन्तोष रोकाया