एनसेलकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत सिगुले पाए २ लाख रूपैयाँ

<p>काठमाडौं । एनसेल प्राईभेट लिमिटेडकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुले २ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् । एनसेलले बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ पाँचथरका सिगुलाई साे मात्राकाे नगद पुरस्कार हस्तान्तरण गरेको हाे । उनी यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् । आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत [&hellip;]</p>

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडकाे ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत पहिलो हप्ताका एक विजयी चित्र कुमार सिगुले २ लाख रूपैयाँ नगद पुरस्कार पाएका छन् । एनसेलले बिहीबार (मंसिर १९) एक कार्यक्रम माझ पाँचथरका सिगुलाई साे मात्राकाे नगद पुरस्कार हस्तान्तरण गरेको हाे । उनी यस योजना अन्तर्गत पहिलो हप्ताका पाँच विजयीहरु मध्ये एक हुन् ।

आफ्नो कष्टमर लोयल्टी कार्यक्रम अन्तर्गत एनसेलले यो ‘रिचार्जमा चमत्कार’ अफर मंसिर १, २०७६ देखि संचालन गर्दै आएको छ । यस योजना अन्तर्गत हरेक योग्य ग्राहकले प्रत्येक हप्ता रु २ लाख नगद र प्रत्येक महिना रु १० लाख नगद जित्ने मौका पाउँछन् ।

योजनाको पहिलो हप्ताका पाँच विजेता ग्राहकहरु मध्ये बिहीबार एक ग्राहक सिगुलाई एनसेल सेन्टर कुमारीपाटीबाट रु २ लाख नगद पुरस्कार ग्रहण गरेका छन् । पेशाले सिकर्मी रहेका सिगुले नगद पुरस्कार पाएर अत्यन्त खुसी व्यक्त गर्दै आफुले पाएको पुरस्कार रकमले आफ्नो बगुंर फार्ममा थप लगानी गर्ने बताए ।

यसैगरी, यस योजना अन्तर्गत दोस्रो हप्तामा विजयी भई प्रमाणिकरण भएका एक ग्राहकलाइ छिटै बिर्तामोडबाट रु २ लाख नगद हस्तानतरण गरिने छ । मंसिर १६ मा घोषणा गरिएका दोश्रो हप्ताका ५ भाग्यशाली विजयी मध्ये तीन विजयी ग्राहकहरु प्रमाणीकरण प्रक्रियामा रहेका छन् भने एक विजयी योजनाको सर्त बमोजिम अयोग्य ठहरिएकाले दोस्रो हप्तामा वितरण भएका कोडका आधारमा तेश्रो हप्ता उक्त ग्राहकको स्थानमा नयाँ भाग्यशाली ग्राहक छनोट गरिनेछ ।

एनसेलका प्रिपेड र पोष्टपेड सेवाका सबै ग्राहकहरुले हप्तामा रु १०० वा यस भन्दा बढिको रिचार्ज गरी साप्ताहिक वा मासिक नगद पुरस्कार जित्नका लागि योग्य हुन्छ सक्छन् । आइतबार देखि शनिबारको साप्ताहिक चक्रमा यो योजनामा संचालन भईरहेको छ र योजनाको प्रत्येक चार हप्ताको समापनसँगै त्यस महिनाको एक भाग्यशाली ग्राहकको पनि घोषणा गरिनेछ ।

ग्राहकहरुले रु १०० वा त्यो भन्दा बढिको ब्यालेन्स रिचार्जमा प्रत्येक रु १०० बराबरको एक विषेश कोड एसएमएस मार्फत प्राप्त गर्छन् । उदाहरणका लागि यदि कुनै ग्राहकले रु ३५० रिचार्ज गर्दछ भने उसले तीन विषेश कोड नम्बरहरु प्राप्त गर्दछ । त्यसैगरी ग्राहकले रु ५०० रिचार्ज गरेमा पाँच वटा विषेश कोडहरु प्राप्त हुनेछन् ।

यसरी प्राप्त हुने प्रत्येक कोडलाई ग्राहकले नगद पुरस्कार दाबी गर्नका लागि सुरक्षित राख्न पर्ने हुन्छ । यस योजना अन्तर्गत प्रत्येक हप्ता सोमबार साँझ ६ः३० बजे एपि वान टेलिभिजनमा प्रत्यक्ष प्रसारण र एनसेलको फेसबुक पेज मार्फत पाँच भाग्यशाली ग्राहकहरुको घोषणा हुन्छ । आवश्यक प्रक्रिया पुर्याई प्रत्येक हप्ताको शुक्रबार भित्र अघिल्लो हप्ताका विजयीहरुलाई नगद पुरस्कार हस्तान्तरण गरिनेछ ।

Share News