गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक

<p>काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत &#8216;आउन अँगालोमा&#8217; सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् । आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी [&hellip;]</p>

काठमाडौं । गायक मनिष विश्वकर्माको नयाँ गीत ‘आउन अँगालोमा’ सार्वजनिक भएको छ । गीतमा प्रतिमा आचार्यले मनिषलाई साथ दिएकी छिन् ।

आधुनिक तथा चलचित्र शैलीको सो गीतमा साधारण घरको गायक प्रेमी र राजकुमारी प्रेमीका बीचको सम्बन्ध र आउने उतार चढाब देखाइएको छ । गीतमा पुर्वजन्म र वर्तमानको प्रेमलाई देखाइएको समेत गायक तथा एरेन्जर मनिषले जानकारी दिए ।

प्रितम राईको रिदम अवधारणामा निर्माण भएको गीतमा श्रद्धा सुमन सिलवाल र गायक मनिष स्वयंले अभिनय गरेका छन् । भिडियो निर्देशन पिटर प्रिन्स विश्वकर्माले गरेका हुन् ।

Share News