यस्ता छन् नेपालमा पाइने केटिएमका मोटरसाइकलहरु (मूल्य सहित)

<p>काठमाडाैं । अष्ट्रियन मोटरसाइकल मेनुफेक्चरिङ्ग कम्पनी केटिएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले केटिएमका १२५ सीसी देखि लिएर ३९० सीसी सम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ । हाल नेपालमा केटिएमका नेकेड र फेयर्ड गरी ६ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । कम्पनीका अनुसार यी मोटरसाइकलहरुको मूल्य चार लाख ५० हजार रुपैयाँ देखि [&hellip;]</p>

काठमाडाैं । अष्ट्रियन मोटरसाइकल मेनुफेक्चरिङ्ग कम्पनी केटिएमको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द प्रा.लि.ले केटिएमका १२५ सीसी देखि लिएर ३९० सीसी सम्मका मोटरसाइकलहरु बिक्री वितरण गर्दै आइरहेको छ ।

हाल नेपालमा केटिएमका नेकेड र फेयर्ड गरी ६ अलग मोडेलहरुको विक्री वितरण भइरहेको छ । कम्पनीका अनुसार यी मोटरसाइकलहरुको मूल्य चार लाख ५० हजार रुपैयाँ देखि लिएर आठ लाख ३० हजार रुपैयाँसम्म पर्दछ । त्यसैगरी, आरसि २०० मा बाहेक उपलब्ध अन्य सवै मोडेलहरुमा एबीएसको फिचर रहेको कम्पनीले जनाएको छ ।

केटिएमले पछिल्लो समयमा नेपाल भित्र्याएको मोडेल हो १२५ ड्युक । यसमा १२५ सीसी इञ्जिन समावेस छ र यो केटिएमको इन्ट्री लेभल मोटरसाइकलको रुपमा चिनिन्छ । केटिएमले अफरको रुपमा कुनै पनि बाइकको खरिदमा एउटा हेल्मेट उपलब्ध गराइरहेको छ ।

केटिएम आफ्नो पर्फमेन्स ओरियन्टेड मोटरसाइकलहरुको कारण चर्चित रहेको छ । त्यसैले, आफ्नो एग्रेशिभ र स्पोर्टी डिजाइनका कारण केटिएम युवा वर्गको रोजाइमा पर्न सफल भएको छ ।

हाल नेपालमा उपलब्ध भइरहेको केटिएमका मोटरसाइकलहरुका मूल्यसूची यस प्रकार रहेको छः

Share News