अग्नि ग्रुपद्धारा विराटनगरमा महिन्द्रा ट्रयाक्टरको शोरुम स्थापना, थ्रीएसकाे सुविधा

<p>विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो । नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको [&hellip;]</p>

विराटनगर । अग्नि ग्रुपले हालै विराटनगरको बरगाछीमा महिन्द्रा ट्रयाक्टरको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ । कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधा सम्पन्न आधिकारिक शोरुम हो ।

नव स्थापित ट्रयाक्टर शोरुम तथा वर्कशपको अग्नि इंक.का निर्देशक क्याबिनेट श्रेष्ठले नेपालका लागि महिन्द्रा एण्ड महिन्द्राका प्रमुख चैतन्य कगाल्कर, महिन्द्रा एण्ड महिन्द्राको अन्तर्राष्ट्रिय कार्य संञ्चालन तर्फकी  बजार व्यवस्थापक आकांक्षा वंशलका साथै अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्य र शाखा प्रबन्धक विजय किशोर देवको संयुक्त उपस्थितिमा बुधबार उद्घाटन भएकाे हाे।

“विराटनगर र आसपासका ग्राहकहरूलाई अधिकतम सुविधा र किफायती रूपमा कम्पनी र यसका सबै गुणस्तरीय सेवामा पहुँच उपलब्ध गराइ लाभ प्रदान गर्ने मूल उद्देश्य राखेर यो नयाँ ट्रयाक्टर शोरुम र सर्भिस सेन्टर स्थापना गरिएको हो,” कम्पनीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

अग्नि इंक.को ट्रयाक्टर विभागका नायव महाप्रबन्धक प्रभाषमान शाक्यका अनुसार कम्पनी उपभोक्ताको आवश्यकता अनुसार विभिन्न श्रृङ्खलाका उत्पादनहरू उपलब्ध गराउनमा केन्द्रीत रहेको छ र सबै महिन्द्रा बिक्री केन्द्रहरूमा समान गुणस्तर सेवाका कारण उपभोक्ताहरुले अधिकतम सन्तुष्टि पाइरहेका छन् । यो ‘थ्री एस सेटअप’अन्तर्गत महिन्द्रा ट्रयाक्टरका सबै श्रृङ्खलाका उत्पादनहरू जस्तैः युवराज २१५, जिभो २४५, २७५ एनबीपी, ५७५ एनएसटी, युभो र नोभो आदिमा बिक्री (सेल्स), सेवा (सर्भिस) र स्पेयर पार्टस् उपलब्ध गराउनमा समर्पित हुनेछ र साथसाथै यसका ग्राहकहरूलाई बिक्री तथा सेवा पनि उपलब्ध गराउने छ ।

कम्पनीका अनुसार यस क्षेत्रमा नयाँ महिन्द्रा शोरुमको स्थापनासँगै आउँदा दिनहरूमा ग्राहक र कम्पनीबीच विश्वास अझ प्रगाढ बन्दै जाने तथा यसले हाल रहेका र नयाँ उद्यमी र कृषक/कृषिकर्मीहरूले लाभ प्राप्त गर्ने विश्वास लिइएको छ ।

Share News