त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह पौष ३ गते हुने

<p>काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह यहि पौष ३ गते बिहिबार हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह पौष ३ गते पुल्चोक क्याम्पसको खेलमैदानमा हुने भएको हो। यस्तै मंसिर २५ गते देखि पौष २ गते सम्म त्रि.वि परिक्षण नियन्त्रण कार्यलय (पनिका)बाट विद्यार्थीहरुले गाउन, टोपी र स्कार्फ लिन सक्नेछन्।  गाउन बिदाको दिन पनि वितरण [&hellip;]</p>

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दिक्षान्त समारोह यहि पौष ३ गते बिहिबार हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको दिक्षान्त समारोह पौष ३ गते पुल्चोक क्याम्पसको खेलमैदानमा हुने भएको हो।

यस्तै मंसिर २५ गते देखि पौष २ गते सम्म त्रि.वि परिक्षण नियन्त्रण कार्यलय (पनिका)बाट विद्यार्थीहरुले गाउन, टोपी र स्कार्फ लिन सक्नेछन्।  गाउन बिदाको दिन पनि वितरण गरिने पनिकाका सहायक डिन घन्श्याम ठाकुरले बताए। गाउन लिनको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त गरेको गाउन संकलन फर्म अनिवार्य ल्याउनुपर्नछ।

साथै दिक्षान्तको समारोहमा प्रमाणपत्र प्राप्त गर्नको लागि विद्यार्थीहरुले अनलाईन फर्म भर्दा प्राप्त भएको सरोमोनी स्लिप लैजानुपर्छ। उक्त दिन प्रमाणपत्र नपाएका विद्यार्थीहरुले वा फारम भएर सहभागी हुन नपाएका विद्याथीहरुले त्रि.वि परिक्षण नियन्त्रण कार्यलयको कोठा नं ३ बाट प्राप्त गर्न सक्नेछन्।

 

Share News