सरकार र मेडिकल कलेजबिच दुई बुँदे सहमति, विद्यार्थीको शुल्क फिर्ता हुने

<p>काठमाडौं। निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीहरुसँग बढी लिएको शुल्क फिर्ता गर्न राजी भएका हुन्। मंगलबार राती बसेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालया उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष,शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको बैठले शुल्क [&hellip;]</p>

काठमाडौं। निजी मेडिकल कलेजहरुले विद्यार्थीसँग बढी लिएको शुल्क फिर्ता गर्ने भएका छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको लामो छलफलपछि निजी मेडिकल कलेजका सञ्चालकहरु विद्यार्थीहरुसँग बढी लिएको शुल्क फिर्ता गर्न राजी भएका हुन्।

मंगलबार राती बसेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेल, विश्वविद्यालया उपकुलपतिहरु, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष,शिक्षा मन्त्रालयका सचिव र निजी मेडिकल कलेजका सञ्चालकहरुको बैठले शुल्क समायोजनका विषयमा २ बुँदे निर्णय गरेको हो।

रातिको ११ बजे मात्र बैठकले यस्तो गरेको हो। यसअघी दिउँसो गृह मन्त्रालयमा बसेको बैठकले शुल्क फिर्ता नभए मेडिकल कलेज संचालकहरुलाई कारबाही अगाडि बढाउने निर्णय गरेको थियो।

बढी लिएको शुल्का फिर्ता हुने निर्णय भएसँगै मेडिकल कलेज र विद्यार्थीबिच भएको लामो समय देखिको विवाद अन्त्य हुने भएको देखिन्छ।

Share News