नेपाल बैंकद्धारा मानव कल्याण समाजलाई तीन लाख बराबरको आर्थिक सहयोग

<p>काठमाडौं । नेपाल बैक लिमिटेडले भक्तपुरको चांगुनारायणस्थित मानव कल्याण समाज(सेवा घर) लाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ८३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थामा आश्रय लिईरहेका आमा बुवाहरुको स्वास्थ्य र सरसफाईको लागि सो मात्राको सहयोग गरेको हो । बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले [&hellip;]</p>

काठमाडौं । नेपाल बैक लिमिटेडले भक्तपुरको चांगुनारायणस्थित मानव कल्याण समाज(सेवा घर) लाई तीन लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंकले आफ्नो ८३औं वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त संस्थामा आश्रय लिईरहेका आमा बुवाहरुको स्वास्थ्य र सरसफाईको लागि सो मात्राको सहयोग गरेको हो ।

बैंकको प्रदेश नम्बर ३ प्रादेशिक कार्यालयका प्रमुख सुन्दर पन्थीले समाजका संचालक सुमित्रा चौलागाईलाई एक समारोहका बीच उक्त राशीको चेक हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रादेशिक कार्यालय प्रमुख पन्थीले मानव सेवा नै माधव (भगवान) सेवा भएको सन्दर्भमा मानव सेवा समाजलाई सघाउन पाएकोमा खुसी व्यक्त गरेका छन् । समाजका अध्यक्ष चौलागाईले सहयोग निम्ति बैंकलाई धन्यवाद दिएकी छिन् ।

उक्त समारोहमा नेपाल बैंकका मुख्य प्रबन्धक सुर्य प्रकाश भट्ट, वरिष्ठ पबन्धक उज्ज्वल पोख्रेल, राम गोपाल श्रेष्ठ, प्रबन्धक अनुप अर्याल, उप प्रबन्धक विनोद गिरी, सहायक प्रबन्धक जीवराज ढकाल, सहयोग समन्वयकर्ता हेमराज वराल , मानव कल्याण समाजका पदाधिकारीहरुकोे उपस्थिति थियो ।

Share News