साधना लघुवित्त तेस्रो वर्षमा प्रवेश, ‘इम्प्लोइ अफ द एयर’ अवार्डबाट तामाङ सम्मानित

<p>काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ । गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारी चोक, घ्याम्पे साल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । कार्यक्रममा बोल्दै [&hellip;]</p>

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले स्थापनाको दोस्रो वर्ष पुरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । सो अवसरमा संस्थाले गोरखा नगरपालिका स्थित गोरखा बजारमा सरसफाई कार्यक्रमकोे आयोजना गरी सम्पन्न गरेको छ ।

गोरखाको ठूलो आँगनवाट सुरु गरिएको सरसफाई कार्य हरमटारी चोक, घ्याम्पे साल बसपार्क हुँदै कार्यालय प्राङ्गणमा गई समापन गरेको थियो । कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रही नगर सरसफाई कार्यक्रमको आयोजना गरिएको र यस अभियानलाई मासिक रुपमा निरन्तरता दिने बताए ।

वित्तीय संस्थाका अध्यक्ष कृष्णबहादुर थापाले वित्तीय संस्थाले थप सफलताका लागी कार्य सम्पादन गर्न आग्रह गरेका छन् । कार्यक्रममा उत्कृष्ट कर्मचारी आशिषकुमार तामाङलाई ‘इम्प्लोइ अफ द एयर २०७५/०७६’ अवार्डबाट सम्मान गरिएको थियो ।

संस्थाले कात्तिक मसान्तसम्ममा ४७ बटा शाखा कार्यालयबाट ३८००० घरपरिबारलाई वित्तीय सेवा प्रदान गरेको छ ।

Share News