काठमाडौं । नेपालमा १३ सय ९५ जना महिला उद्यमीहरुले धितोपत्र विना नै कर्जा प्रयोग गर्दै आएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार सो संख्यामा एक महिला उद्यमीलाई एक करोडसम्मको कर्जा सहुलियता रुपमा प्रदान गर्दै आएको छ । अन्तर्राष्ट्रिय महिला उद्यमी दिवसको अवसर पार्दै महिला उद्यमी महासंघले ४७ जिल्लाका महिला उद्यमी संघको प्रतिनिधिको उपस्थितिमा एक दिने कार्यशाला राखेका हुन् ।
प्रितृसत्तात्मक देश भएकै कारण नेपालको अर्थतन्त्र उकास्ने क्रम जारी भइरहँदा नेपाल महिला उद्यमी महासंघले कुल ग्रास्हत उत्पादनमा सहयाेग पुर्याएकाे महासंघकाे अध्यक्ष शारदा रिजालले बताईन । नेपालको महिलाकाे आर्थिक स्थिति उकास्न र सवृद्ध नेपाल निर्माणका लागि आगामी दिनमा प्रमुख भूमिका खेल्न महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्न र अन्य देशमा नियात गर्न महासंघ तत्पर रहेका अध्यक्ष रिजाले जानकारी दिइन् ।
साे गाेष्ठीमा लामो समयदेखि उद्योग क्षेत्रमा आफूलाई स्थापित गर्दै आएका महिलाको चुनौती तथा उत्पादन क्षेत्रमा पुरुषको तुलनामा राम्रो तथा व्यवहारी ढंगले समयमा नै काम सम्पन्न गर्दै आएकी पहिलाे महिलाले निर्माण कम्पनी सिइओकी संचालन सुकृर्ती शर्माले बताईन । एक दशक देखि निर्माण क्षेत्रमा लागेकी शर्माले पुरुषहरुको हेर्ने कोण फरक हुने, यस महिलाले निर्माण क्षेत्रको काम गर्न सक्दैनन् भन्ने जस्ता कुरा आईरहेको बताइन् ।
दुई चरणमा भएको उक्त एक सय भेला गोष्ठीमा महिला उद्यमशीलता कोषले पछिल्लो समय गरेको कामप्रति सकारात्मक रहेको जनाएका छन् । पहिलो चरणको कार्यक्रममा चारजना महिला उद्यमीका कुरा प्रतिनिधित्व गर्दै सिर्जना अधिकारीले संचालन गरेकी थिईन भने दोस्रो चरणमा जुना माथेमाले । धागोदेखि भवन निर्माणसम्मको काम गर्दै आएका उद्यमीहरुको संजाल महासंघले यही मंसिर महिनामा ३ जिल्लामा संघ खोल्ने घोषण गर्दै आगामी दुई वर्षमा ७७ वटै जिल्लामा महिला उद्यमी महासंघले संघ विस्तार गर्ने महासचिव दर्शना श्रेष्ठले जानकारी दिईन् ।
महिलाले घरमात्र नभई एउटा उद्योगलाई सजिलोसँग व्यवस्थापन गर्न सक्छन् भन्ने कुरा जानकारी दिँदै महासंघको कोषाध्यक्ष तथा साढे दुई दशकदेखि अचार व्यवसाय गर्दै आएकी हजुरी अचार घरकी हजुरी विष्टले आफ्नो उर्जाका साथ काममा प्रतिवद्ध भए गर्न नसक्ने केही नभएको बताईन् ।
