राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सम्मानित

<p>काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हाे । बैंकले हालै बंगलादेशमा सम्पन्न भएको &#8216;एशियन सेन्ट्रल जोन सिनिएर वोमेन भलिबल&#8217; प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकद्धारा राष्ट्रिय महिला भलिबल टिम सोमबार एक कार्यक्रमका बीच सम्मानित भएको छ । उक्त टिमले पहिलोपटक अन्तर्राष्ट्रिय उपाधि जितेको हुँदा बैंकले सो टिमलाई सम्मानपत्र, पुरस्कार प्रदान गरेर बधाई तथा सम्मान व्यक्त गरेको हाे ।

बैंकले हालै बंगलादेशमा सम्पन्न भएको ‘एशियन सेन्ट्रल जोन सिनिएर वोमेन भलिबल’ प्रतियोगितामा नेपाली राष्ट्रिय महिला भलिबल टिम प्रथम भएकाेमा उक्त टिमलाई सम्मान गरेकाे हाे ।

कार्यक्रममा बैंक संचालक समितिका सदस्य निर्मलहरि अधिकारीले बैंकले भलिबललाई विगत देखि गरेको सहयोगको परिणाम आएको र अन्तर्राष्ट्रिय रुपमा प्राप्त भएको उपलब्धिले देशको शिर उच्च भएको बताएका छन् ।

त्यस्तै, बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियतालाई देखेर बैंकले केही वर्ष अगाडि देखिनै सहयोग गरेको बताउँदै यस्तो कार्यक्रमले खेल खेलाडीहरुको मनोबल बढ्ने बताए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल भलिबल संघबीच आरबीबी-एनभीए राष्ट्रिय क्लब लिग भलिबल प्रतियोगितालाई मूख्य प्रायोजन गर्ने सम्झौता ४ वर्षदेखि रहँदै आएको छ ।

ब्रान्च अपरेशन विभागका विभागीय प्रमुख सरोज बस्नेतले संचालन गरेका उक्त कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु, नायब प्रमुख कार्यकारी अधिकृतहरु कबिराज अधिकारी, केशबप्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, बैंक भित्र क्रियाशिल युनियनका अध्यक्षहरु, मुख्य प्रशिक्षक जगदीश भट्ट, विजयी टिमका खेलाडीहरु, नेपाल भलिबल संघका महासचिव जीतेन्द्र बहादुर चन्द लगायतको उपस्थिती रहेको थियो ।

Share News