बढी लिएको शुल्क फिर्ता गर्न मेडिकल कलेजलाई सरकारको १५ दिन अल्टिमेटम, ठगी मुद्दा चलाईने निर्णय

<p>काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १५ दिन भित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुदामा जाने चेतावनी दिएका छन्। आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको पोखरेलले बताए। सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले १५ दिन भित्रमा सबै मेडिकल कलेजलाई शुल्क फिर्ता गर्ने अल्टिमेटम दिएका हुन्। कलेजले १५ दिनभित्र रकम फिर्ता नगरे विद्यार्थीहरुले सम्बन्धित [&hellip;]</p>

काठमाडौं। शिक्षामन्त्री गिरिराजमणि पोखरेलले १५ दिन भित्र मेडिकल कलेजले शुल्क फिर्ता नगरे ठगी मुदामा जाने चेतावनी दिएका छन्। आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्णय भएको पोखरेलले बताए।

सोमबार पत्रकार सम्मेलन गर्दै मन्त्री पोखरेलले १५ दिन भित्रमा सबै मेडिकल कलेजलाई शुल्क फिर्ता गर्ने अल्टिमेटम दिएका हुन्। कलेजले १५ दिनभित्र रकम फिर्ता नगरे विद्यार्थीहरुले सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा उजुरी दिन सक्ने उनले बताए।

मन्त्री पोखरेलले अहिले विद्यार्थीहरुको माग सम्बोधन गरेर पठनपाठन सहज रुपमा हुने वातावरण बनाए मेडिकल कलेजहरुको शुल्क र संरचनाबारे नयाँ ढंगले बहस गर्न शिक्षा मन्त्रालय र चिकित्सा शिक्षा आयोग सकारात्मक रहेको पनि बताएका छन्।

शुल्क बढी लिएको भन्दै विद्यार्थीहरु केही समय देखी आन्दोलनमा भएका विद्यार्थीहरुलाई पोखरेलले पठनपाठनमा फर्किन आग्रह समेत गरेका छन्।

Share News