काठमाडाैं । जापनिज कार उत्पादक कम्पनी होण्डाको नेपालका लागि आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.लि.ले नेपालमा उक्त ब्राण्डका ९ अलग मोडेलका कारहरु बिक्री वितरण गर्दै आइरहेको छ । यस्ता मोडेलहरुमा डब्लुआर–भि, ब्रिओ, सिआर–भि, बिआर–भि, अमेज, ज्याज, सिटि, सिभिक र एचआर–भि लगायत पर्छन् भने ती मोडेलहरु १२०० सीसी देखि लिएर १५०० सीसी सम्मका छन् ।
कम्पनीले जनाए अनुसार यी मोडेलहरु ३१ भेरियन्टका साथ नेपाली बजारमा उपलब्ध छन् भने ती भेरियन्टहरुको मूल्य २९ लाख २५ हजार रुपैयाँ देखि लिएर १ करोड ३३ लाख रुपैयाँ सम्म पर्दछ ।
कम्पनीको हालको अफर अनुसार ग्राहकहरुले होण्डा कारको खरिदमा मोडेल अनुसार एक लाख २५ हजार रुपैयाँ देखि लिएर पाँच लाख रुपैयाँ सम्मको नगद छुट पाउनेछन् भने त्यसका साथै एक आर्थिक वर्षको रोड ट्याक्स क्लियरेन्स, एक वर्षको निःशुल्क इन्स्योरेन्स र त्यसैगरी २० हजार रुपैयाँ मूल्य बराबरको एक्सेसरिजहरु पनि प्राप्त गर्नेछन् ।
होण्डाका कारहरु विश्व बजारमा यसको विश्वसनियता र राम्रो लुक्सका लागि प्रख्यात रहेका छन् ।
नेपालमा हाल उपलब्ध भइरहेको होण्डा कारहरुको मूल्य सूची यस प्रकार रहेको छ ः
