भेन्टो ट्रेन्डलाइन: नेपालमा पाइने भक्सवागनको सबैभन्दा सस्तो सेडान, यस्ता छन् विशेषता

<p>काठमाडाैं । जर्मन अटोमेकर कम्पनी ‘भक्सवागन’ को नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ । भक्सवागनको हाल नेपाली बजारमा उपलब्ध एकमात्र सेडान हो ‘भेन्टो’ । नेपालमा भेन्टोका ट्रेन्डलाइन, कम्फर्टलाइन, हाइलाइन र हाइलाइन प्लस गरी ४ अलग भेरियन्टहरु उपलब्ध छन्, जसमध्येको बेस भेरियन्ट ‘ट्रेन्डलाइन’ को मूल्य [&hellip;]</p>

काठमाडाैं । जर्मन अटोमेकर कम्पनी ‘भक्सवागन’ को नेपालका लागि आधिकारीक बिक्रेता पूजा इन्टर्नेशनल प्रा.लि.ले यस ब्राण्डका विभिन्न मोडेलहरु नेपालमा बिक्री वितरण गर्दै आइरहेको छ ।

भक्सवागनको हाल नेपाली बजारमा उपलब्ध एकमात्र सेडान हो ‘भेन्टो’ । नेपालमा भेन्टोका ट्रेन्डलाइन, कम्फर्टलाइन, हाइलाइन र हाइलाइन प्लस गरी ४ अलग भेरियन्टहरु उपलब्ध छन्, जसमध्येको बेस भेरियन्ट ‘ट्रेन्डलाइन’ को मूल्य चाहिँ ३९ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

भेन्टो ट्रेन्डलाइनको फिचर्सका रुपमा अटोमेटिक एयर कण्डिसनिङ्ग, क्रूज कन्ट्रोल, रेन सेन्सिङ्ग वाइपर्स, एप कनेक्ट सहितको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, कुल्ड ग्लोवबक्स, अटो डिमिङ्ग रियर भ्यू मिरर, रियर पार्किङ्ग क्यामेरा, एडजस्ट गर्न मिल्ने स्टेयरिङ्ग तथा ड्राइभर सिट, आउटसाइड रियर भ्यू मिरर, १२ भोल्टको ब्याट्री लगायतका विशेषताहरु रहेका छन् ।

सेफ्टि फिचरहरुको रुपमा चाहिँ यस सेडानका अगाडिका सिटमा दुइओटा एयरब्याग, एबीएस सिस्टम, ईबीडी सिस्टम, हिल-होल्ड फङ्सन्, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, पावर डोर लक जस्ता विशेषताहरु रहेका छन् ।

भेन्टो ट्रेन्डलाइनमा प्रयोग गरिएको १.६ लिटर ४ सिलिण्डर पेट्रोल इञ्जिनले १०५ पीएसको पावर र १५३ एनएमको टर्क प्रोड्युस गर्दछ । त्यसैगरी यस कारमा ५ गियरहरु रहेका छन् भने कारले १६.०९ केएमपीएलको माइलेज दिन्छ ।

५ सिटर यस कारको ग्राउण्ड क्लियरेन्स १६३ मिलिमिटर, बुट स्पेस ४९४ लिटर र फ्युल ट्याङ्क क्यापासिटि चाहिँ ५५ लिटरको रहेको छ । त्यसैगरी, यस कारका अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएका छन् ।

कम्पनीका अनुसार अहिलेको विशेष अफर अन्तर्गत यस कारको खरिदमा एक लाख ५५ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सकिनेछ ।

हाल नेपालमा भेन्टोको कम्फर्टलाइन, हाइलाइन, हाइलाइन डिजेल इञ्जिन र हाइलाइन प्लसको मूल्य चाहिँ क्रमशः ४३ लाख ९५ हजार, ४७ लाख ४५ हजार, ५१ लाख ४५ हजार र ५१ लाख ९५ हजार रुपैयाँ तोकिएको छ ।

Share News