लाेक सेवा आयोगद्वारा प्रशासनसहित दुई तहकाे प्रविधि परीक्षण मिति सार्वजनिक

<p>काठमाडाैं । लाेक सेवा आयोगले  प्रशासन, सामान्य प्रशासन र लेखाको सूचना प्रविधि परीक्षणको मिति सार्वजनिक गरेकाे छ ।  आयोगले बुधबार तीन तहकाे प्रविधि परिक्षण मिति सार्वजनिक गरेकाे गर्दै लिखित र माैखिक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे । लाेक सेवा आयोगले प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षाकाे  सूचना प्रविधि सीप परीक्षण कार्यक्रम मंसिरमा हुने भएको छ, भने  लिखित [&hellip;]</p>

काठमाडाैं । लाेक सेवा आयोगले  प्रशासन, सामान्य प्रशासन र लेखाको सूचना प्रविधि परीक्षणको मिति सार्वजनिक गरेकाे छ ।  आयोगले बुधबार तीन तहकाे प्रविधि परिक्षण मिति सार्वजनिक गरेकाे गर्दै लिखित र माैखिक परिक्षाकाे नतिजा सार्वजनिक गरेकाे हाे ।

लाेक सेवा आयोगले प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षाकाे  सूचना प्रविधि सीप परीक्षण कार्यक्रम मंसिरमा हुने भएको छ, भने  लिखित परीक्षा गत भदाै  ६,७ र ८ गते परीक्षा लिएकाे थियाे ।

गत कार्तिक ६, ७, ८ गते चार वटा लोक सेवा कार्यालयबाट जम्मा १३ सय ६२ जनाले परीक्षा दिएका थिए । जसमा पद संख्या ३ सय १७ वटा रहेको थियो ।

प्रशासन, सामान्य प्रशासन र लेखा सम्बन्धि परीक्षामा लोक सेवा कार्यालय सुर्खेतबाट सबैभन्दा बढी ८ सय ७ जनाले परीक्षा दिएका थिए जस अन्तर्गत खुल्लामा ९४, महिलामा २८, आदीवासी जनजातिमा ३ पद संख्या रहेको छ । अन्तर्वार्ताको छनौट भएको संख्या खुल्लामा सबैभन्दा बढी १३५, महिलामा ५० र आदीवासी जनजातिमा १८ जना रहेका छन् ।

लोक सेवा आयोग, जुम्लाबाट सबैभन्दा कम संख्या खुला तर्फ २५ महिला १ जनाको माग रहेको उक्त क्षेत्रमा ६० जना लिखित परीक्षा अन्तरवार्ताका लागि ९ जना छनौट भएका छन् ।
लोक सेवा आयोग, दिपायलमा खुलामा ६३ महिलामा ४ जनाको माग रहेको सो पदमा एक सय ५१ जनाले परीक्षा दिएका थिए, अन्तर्वार्तामा खुला तर्फबाट ६४ र महिलाबाट ७ जना छनोट भएसँग लोक सेवा कार्यालय महेन्द्रनगरबाट दुई सय ६८ जनाले परीक्षा दिएका थिए जसमा ७४ जनाको माग रहको थियो ।

भने अन्तर्वातामा ५६ जना छानिएका छन् । जिल्ला कार्यालय खोटाङका दुई सय २७ जनाले परीक्षा दिएको सो पदमा खुला तर्फ ७६ र महिला तर्फ २२, आदीबासी जनजातिमा १ जना पद संख्या रहेको थियो भने अन्तर्वार्ता खुलामा ११०, महिला १७, आदीवासी २७ छनोट भएका छन् ।






 

Share News