करिब छ अर्ब लगानीमा मुग्लिन–पोखरा सडक चार लेनको बनाइने

<p>काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो । राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले  १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ । एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको [&hellip;]</p>

काठमाडौं । दुई लेनको मुग्लिन–पोखरा सडक अब चार लेनको बन्ने भएको छ । सरकारले पाँच अर्ब ९० करोड रुपैयाँको लगानीमा उक्त राजमार्गलाई चार लेनकाे बनाउने भएको हो ।

राजमार्गलाई विस्तार गर्न यशियाली विकास बैंक (एडिबी)ले  १९ करोड ५० लाख रूपैयाँ ऋण सहायता उपलब्ध गराउने भएको छ ।

एडिबीको प्रधान कार्यालय मनिलाबाट जारी प्रेस विज्ञप्तिअनुसार नेपालको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्ने उक्त राजमार्गको स्तरोन्नति अपरिहार्य भएकाले बैंकले उक्त ऋण रकम स्वीकृत गरेको हो ।

भारत र बङ्गलादेशसँग नेपाललाई जोड्ने उपक्षेत्रीय करिडोरका रुपमा रहेको उक्त राजमार्ग विस्तार भएपछि सवारी आवागमनमा सहजता हुनुका साथै स्थानीय उत्पादन बजारसम्म पुर्याउन सजिलो मात्र नभई ढुवानी खर्चमा समेत कमी आउने विश्वास बैंकले लिएको छ ।

८१ किलोमिटर पोखरा–आबुखैरेनी सडक पहिलो चरणमा विस्तार गरिनेछ भने आठ किलोमिटर आबुखैरनी–मुग्लिन खण्ड त्यसपछि निर्माण गरिनेछ । एडिबीका अनुसार आगामी पाँच वर्षभित्र उक्त राजमार्ग चार लेनको बनाइसक्ने लक्ष्य छ । रासस

Share News