होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता सम्पन्न

<p>काठमाडौँ । होण्डा नेपालले बुधबार ग्वार्को स्थित होण्डा सर्भिस ट्रेनिङ्ग सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको छ । क्षेत्रीय स्तरबाट शुरु गरिएको प्रतियोगितामा देशभर रहेका होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वश्रेष्ठ २ प्रतियोगीहरु सागर गुरुङ्ग र मोहन थापामगरले नेपालको प्रतिनिधित्व गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियन होण्डा मोटरसाइकल [&hellip;]</p>


काठमाडौँ । होण्डा नेपालले बुधबार ग्वार्को स्थित होण्डा सर्भिस ट्रेनिङ्ग सेन्टरमा होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगिता आयोजना गरेको छ ।

क्षेत्रीय स्तरबाट शुरु गरिएको प्रतियोगितामा देशभर रहेका होण्डाका १३ आधिकारिक टेक्निसियनहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा सर्वश्रेष्ठ २ प्रतियोगीहरु सागर गुरुङ्ग र मोहन थापामगरले नेपालको प्रतिनिधित्व गर्दै मार्च २०२० मा थाइल्याण्डमा हुने एसियन होण्डा मोटरसाइकल टेक्निसियन स्किल प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गरेका छन् ।

त्यसै गरी तेस्रो हुने होण्डा हाउस, गोरखाका टेक्निसियन नरबहादुर चौधरीले पुरस्कार स्वरुपनगद रु.२५,००० प्राप्त गरेका छन् । टेक्निसियनहरुको आत्मविश्वास बढाउन आयोजना गरिएको उक्त प्रतियोगितामा नेपाल अटो मेकानिक्स यूनियनका (नाटु) उपाध्यक्ष प्रदीप घिमिरे र अटोमेकानिक्स एशोसियसन अफ नेपालका अध्यक्ष ठाकुरप्रसाद न्यौपानेको उपस्थिति रहेको थियो ।

Share News