काठमाडौँ । अग्नि ग्रुप अन्तर्गतको सहायक कम्पनी एवम् महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक विक्रेता अग्नि इनर्जी प्रालिले तिलोत्तमा, जोगीकुटी, बुटबलमा कात्तिक ७ गते महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को नयाँ शोरुम खोलेको छ । यो काठमाडौं उपत्यकाबाहिर महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)को पहिलो शोरुम हो ।
हालसम्म उपभोक्ताहरूले महिन्द्रा इलेक्ट्रिक भेहिकल्सहरू काठमाडौं उपत्यका र यसका वरपरका क्षेत्रहरूबाट मात्र पहुँच पाउँदै आएका थिए । शोरुमको प्रदेश ५ का संविधान सभा सदस्य सीतादेवी बाउडेल र अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ र अग्नि इनर्जीका वरिष्ठ कार्यकारी प्रबन्धक प्रमोद भण्डारीले संयुक्त रूपमा उद्घाटन गरे.का हुन् ।
बुटबल र यसका वरिपरिका ग्राहकहरूलाई कम्पनी र यसका गुणस्तरीय सेवाहरूको सहज पहुँच उपलब्ध गराइ यसलाई बढी सुविधाजनक र किफायती बनाउँदै लाभ प्रदान गर्ने उद्देश्यले नयाँ शोरुम स्थापना गरिएको कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अग्नि इनर्जीको बुटबलका लागि बिक्रेता ग्रिन ड्राइभ ग्रुपका प्रबन्ध निर्देशक अजयकुमार खाती क्षेत्रीका अनुसार शोरुमले महिन्द्राका विद्युतीय कारहरू महिन्द्रा इटूओ, महिन्द्रा इभेरेटो आदिका सर्भिसिङ र स्पेयरपार्टस्हरू पनि उपलब्ध गराउने छ ।