कात्तिक १३ गते पनि सार्वजनिक बिदा दिने सरकारको निर्णय, नेवार समुदायको माग पूरा

<p>काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ । मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए । पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार [&hellip;]</p>


काठमाडौँ । सरकारले कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्री परिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार सञ्चार मन्त्री गोकुल बास्कोटाले नेवारी समुदायले १३ गते मात्रै भाइटीका लगाउने भएपछि बिदा घोषणा गरिएको बताए ।

पञ्चाङ्ग निर्णायक समितिले तिहारमा कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिन सरकारलाई सुझाएको थियो । सोहीअनुसार क्यालेन्डर तयार गरिएको थियो । तर, नेवार समुदायले पञ्चाङ्ग निर्णायक समितिको निर्णय अस्वीकार गर्दै आएका थिए।

Share News