एनसेलको तिहार अफरः चार गुणा बढी फोरजी डेटा बोनस

<p>काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढी डेटाको फाईदा लिन सक्नेछन् । यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधिभएको [&hellip;]</p>

काठमाडौँ । एनसेल प्राईभेट लिमिटेडले तिहार र छठ पर्वको अवसर पारी आफ्ना ग्राहकहरुका लागि फोरजीमा डेटा बोनस योजना ल्याएको छ । यस अन्र्तगतग्राहकले चार गुणा बढी डेटाको फाईदा लिन सक्नेछन् ।

यो अफर बिहीबारबाट लागु भई १५ दिन सम्मकालागि सञ्चालनमा रहने छ । यस अफर अन्तर्गत एक दिन समयावधिभएको ७५ एमबी डेटा र सातदिनको समयावधिभएको ५०० एमबीको डेटा प्याकखरिद गर्ने ग्राकहले चार गुणा बढी डेटा भोल्युमको फाईदा लिन सक्नेछन् ।

कर बाहेक रु १५ (कर सहित रु १९.१५) शुल्क रहेको ७५ एमबी प्याकको खरिदमा ग्राहकले २२५ एमबी थप फोरजी डेटा पाउने छन् । यसको मतलब ग्राहकले कुल ३०० एमबी डेटा पाउनेछन् । त्यसैगरी कर बाहेक रु ७५ (कर सहित रु ९५ंंं.७७) शुल्कमाआउने ५०० एमबीको खरिदमाथप १५०० एमबीफोरजी डेटा बोनस स्वरुप पाउने कम्पनीले जनाएको छ । यसरी कुल २००० एमबी डेटा पाउन सक्नेछन् ।

ग्राहकले सजिलैसँग एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स ४४ ह्यास डायल गरी वा एनसेल एपबाट यो अफर एक्टिभेट गर्न सक्छन् । यस अफर अन्तर्गत पाईने बोनस डेटा भोल्युम ग्राहकले फोरजी चल्ने मोबाइल सेट र सिमप्रयोग गरी फोरजी नेटवर्क संचालनमा रहेका स्थानहरुमा चलाउन सक्नेछन् ।

चाडपर्वको अवसरमा संचालनमा ल्याइएको यस अफरले ग्राहकलाई थप सुविधा प्रदान गर्ने र आफन्त, परिवारजन र साथीभाईबीच सम्पर्कमा रहि रहन, शुभकामना आदानप्रदान तथा खुशी साटासाट गर्न मद्दत पुर्याउने विश्वास एनसेलले लिएको छ ।

यस अफरबाट फाइदा लिन फोरजी सिम नभएका ग्राहकले आफुलाई नजिकै पर्ने एनसेल सेन्टरमागई आफ्नो सिमलाई फोरजी सिम अर्थात युसिमसँग साट्न सक्नेछन् । यसको लागि रु १ शुल्क लाग्छ । यस प्रक्रियामार्फत युसिमलिने ग्राहकले सातदिनको समयसिमा रहेको एक जिबी डेटा पनि पाउने छन् । यो डेटा दिनको समयमा अर्थात बिहान ५ देखि साँझ ५ बजेको समयमा प्रयोग गर्न सक्नेछन् । युसिम लिएपछि ग्राहकले एष्ट्रिक्स ३२४ ह्यास डायल गर्न सक्छन् र फोरजी सेवाको फाईदा लिन सने जनाइएको छ ।

Share News