पोखरामा जिक्सर स्टन्ट मानिया सम्पन्न

<p>काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले संचालन गरेको सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम बुधबार पोखरा सभा गृहमा सम्पन्न भएको छ। सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले [&hellip;]</p>


काठमाडौँ । सुजुकी मोटरसाईकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता भिजि अटोमोबाईल्स र पोखराको लागि आधिकारिक बिक्रेता हिमालय अटो वर्ल्डले संचालन गरेको सुजुकी जिक्सर स्ट्रिट स्टन्ट मानिया कार्यक्रम तथा प्रत्यक्ष कन्सर्ट कार्यक्रम बुधबार पोखरा सभा गृहमा सम्पन्न भएको छ।

सुजुकीको हाल मात्रै नेपाली बजारमा भित्रिएको जिक्सर २५० सिसिको पावर तथा पर्फमेन्सलाई प्रत्यक्ष रुपमा देखाउने अभिप्रायले संचालन गरिएको कार्यक्रममा राईडरहरुले देखाएको कलाबाट पोख्रेली युवाहरुले निकै नै मनोरन्जन लिएका थिए । प्रख्यात राईडर डि आरआयु, राम सरदार तथा गौरबले स्टन्ट प्रस्तुति दिएका थिए। साथै नेपाल बिरलै देख्न पाईने अन्तरास्ट्रिय राईडरको सुरक्षित चालकी कलालाई पोखरामा प्रत्यक्ष हेर्ने मौका सुजुकीले प्रथम पटक मिलाएको हो ।

स्टन्ट हेर्न को निमित्त आएका गोर्खालि रिकन्डिसनका संचालक रञ्जित रोक्काले आफुलाई जिक्सर २५० को पावर तथा राईडरको राईडिङ्ग पर्फमेन्सले निकै लोभ्याएको जानकारी दिए ।

सुजुकीले आफ्नो २५० सिसि मोडेलका बाईकहरुको र्यालि गरी बजार परिक्रमा गराएका थिए । सुजुकी सोरुम नयाँ बजारबाट सुरु भएको र्याली पृथ्वी चोक छोरेपाटन, लेकसाईड, सृजना चोक, न्युरोड हुँदै सभागृह मा आएर सम्पन्न भएको भिजि सुजुकी पश्चिम नेपालका बिक्री प्रबन्धक धनीराम भुसालले जानकारी दिए ।

म्यालोडी गायक अलमोडा राना उप्रेतीको प्रस्तुतिले कार्यक्रममा थप हौसला थपेका थिए । साथै एक जना ७७ बर्षिय बृद्ध रानासंगै नाचेर साथ दिंदा कार्यक्रमको माहोल थप रोचक बन्न पुगेको थियो । बिदेशी पर्यटकहरुले समेत राईडिङ्ग तथा सांस्कृतिक कार्यक्रम को मज्जा लिई रहेका देखिन्थे ।

सुजुकी मोटर्स ईन्डियाद्वारा उत्पादित जापानिज प्रबिधिको जिक्सर बाईक मा २५० सिसि को इन्जिन क्षमता, २६.५ बिएचपि पावर, एफआई प्रबिधि, सुजुकी आयल कुल्ड प्रबिधि, ६ गियर ट्रान्समिसन, रेडियल टायर, स्पिलिट सिट, फुल्लि डिजिटल ईन्सट्रमेन्ट जस्ता विशेष प्रबिधि सहितका बिशेषता रहेको भिजि सुजुकीका बजार प्रमुख समित सिंहले जानकारी दिए । यो एउटा कम्प्याक्ट मोडल रहेको र यसमा नेकेड भर्जन तथा स्पोर्टी फेयरिङ्ग भर्जन गरी ३ मोडलमा उत्पादन गरिएको जानकारी दिए । साथै सुजुकीले आफ्ना सम्पूर्ण उत्पादनमा ५ बर्ष सम्मको वारेन्टी सुबिधा प्रदान गर्दै आएको छ ।

सुजुकीले स्टन्ट मानिया काठमाडौंपछि पोखरामा सम्पन्न गरेको हो ।

Share News