
काठमाडौँ । नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेशन र थाइल्याण्डको माहिडोल विश्वविद्यालयबीच रणनीतिक साझेदारी तथा प्राज्ञिक सहयोग आदान–प्रदान सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा नर्भिक इन्स्टीच्युट अफ नर्सिङ एजुकेशनका तर्फबाट कार्यकारी निर्देशक पारस शाक्य र माहिडोल विश्वविद्यालयका तर्फबाट त्यहाँका प्रेसिडण्ट वाञ्चोङ्ग माहासायारियाले हस्ताक्षर गरेका छन् ।
दुई संस्थाबीच भाईचाराको अभिवृद्धि गर्ने, पाठ्यक्रम विकास, अनुसन्धान लगायतका अन्य शैक्षिक गतिविधिहरुमा सहयोग आदानप्रदान गर्ने, शैक्षिक ज्ञान तथा स्रोतसाधन आदान–प्रदान गर्ने, आपसी सहकार्यमा शैक्षिक कार्यक्रमहरुको विकास गर्ने, आपसी सहकार्यमा कार्यशाला गोष्ठी, सेमिनार, सभा सम्मेलनको आयोजना गर्ने तथाथप सहकार्यका अन्य सम्भावनाहरुको खोजी गर्ने समझदारी पत्रमा उल्लेख छ । समझदारी आगामी ५ बर्षसम्म कायम रहने जनाइएको छ ।