
काठमाडौं । मारुती सुजुकीका कारहरु नेपाली बजारमा अत्यन्तै लोकप्रिय रहेको पाइन्छ । हरेक मोडेलहरु विभिन्न विशेषतायुक्त भएतापनिग्राहकहरुले कार खरिद गर्नु अघि ध्यानमा राख्ने गरेको उचित मूल्य, राम्रो पर्फमेन्स, आकर्षक लुक्स लगायतका कुराहरुलाई मनन गर्दै तयार पारिएको मोडेल ‘बलेनो’ का वारेमा आज हामि चर्चा गर्दैछौं ।
हाल नेपाली बजारमा बलेनोको ‘डेल्टा’ र ‘जेटा’ गरी दुई भेरियन्टहरु उपलब्ध छन् भने कम्पनीले ती दुई भेरियन्टहरुको मूल्य क्रमशः ३३ लाख ९९ हजार र ३६ लाख ९९ हजार रूपैयाँ तोकेको छ ।
मारुती सुजुकी बलेनोमा उपलब्ध फिचरहरुका रुपमा एबीएस सिस्टम, ईबीडी सिस्टम, ड्राइभर र पेसेन्जर एयरब्याग्स्, सेन्ट्रल लकिङ्ग, चाइल्ड सेफ्टि लक, रियर वाइपर, एयर कण्डिस्नर, हिटर, १२ भोल्टको ब्याट्री, रियर पार्किङ्ग सेन्सर, इलेक्ट्रिकली एड्जस्टेवल रियर भ्यू मिरर, किलेस इन्ट्री, फ्रन्ट आर्मरेस्ट, फोल्डिङ्ग सिट, हाइट एडजस्ट गर्न मिल्ने सिट, टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, सवै इन्फर्मेशन डिस्प्ले गर्ने एनालग इन्स्ट्रुमेन्ट कन्सोल लगायत छन् । यी फिचरहरु भने भेरियन्ट अनुसार फरक रहेका छन् ।
यस कारमा प्रयोग भएको ११९७ सीसी ४-सिलिण्डर पेट्रोल इञ्जिनले ८३ बीएचपीको पावर र ११५ एनएमको टर्क प्रोड्युस गर्छ । त्यसैगरी ५-स्पिड गियरबक्स दिइएको यस कारले २१.४ केएमपीएलको माइलेज दिन्छ । ५ सिटर यस कारको फ्युल ट्याङ्क क्यापासिटि ३७ लिटर रहेको छ भने यसको अगाडिका चक्काहरुमा डिस्क ब्रेक र पछाडिका चक्काहरुमा चाहिँ ड्रम ब्रेक दिइएको छ ।
मारुती सुजुकीको नेपालका लागि आधिकारीक विक्रेता सीजी मोटोकर्प प्रा.लि. ले अहिलेको चाडपर्वलाई लक्षित गर्दै यस कारको खरिदमा दुई लाख रूपैयाँ छुट दिएको छ ।
नेपालमा पाइने मारुती सुजुकीको सबैभन्दा सस्तो मोडेल चाहिँ अल्टो हो जसको सुरुवाती मूल्य १८ लाख ९९ हजार रूपैयाँ तोकिएको छ ।