माइती घर मण्डलामा कृषि विकास बैंकले गर्यो बृक्षारोपण

<p>काठमाडौँ । सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा शनिबार कृषि विकास बैंक लि.ले माइतीघर मण्डलामा बृक्षारोपण गरेको छ । प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो । सो कार्यक्रमका बैंकका कामु उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु प्रेमकुमार श्रेष्ठ, पप्पुबाबु , कृष्ण [&hellip;]</p>


काठमाडौँ । सप्ताहव्यापी संविधान दिवस मनाउने क्रममा शनिबार कृषि विकास बैंक लि.ले माइतीघर मण्डलामा बृक्षारोपण गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको नेतृत्वमा माईतिघर मण्डलाको चौरीमा विभिन्न जातका फलफूलका विरुवाहरु रोपिएको हो ।

सो कार्यक्रमका बैंकका कामु उपमहाप्रबन्धकहरु प्रताप सुवेदी, यज्ञप्रकाश न्यौपाने, धु्रवचन्द्र गौतम, दीर्घबहादुर अर्याल, बैंकका विभागीय प्रमुखहरु प्रेमकुमार श्रेष्ठ, पप्पुबाबु , कृष्ण नकर्मी, प्रकाश कँडेल, निर्मलराज कोईराला, विना शर्मा, सरोज साह, बैंकका प्रबक्ता हिमलाल पौडेल, शाखा प्रमुखहरु लगायत अन्य कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो ।

Share News