सिटिजन्स बैंकद्वारा नशा रहित समाजलाई १ लाख आर्थिक सहयोग

<p>काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ । नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल [&hellip;]</p>


काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले लागुऔषधको दुव्र्यसनमा परेका व्यक्तिहरुलाई कुलतबाट छुटकारा गराउने कार्यमा काम गर्दै आएको नशा रहित समाज नेपाललाई रू. १०१,०००।- आर्थिक सहयोग प्रदान गरेको छ ।

नशा रहित समाज नेपालको कार्यालय बडिखेलमा आयोजित एक कार्यक्रमका बीच बैंकले रू उक्त रकमको चेक संस्थाका संचालक सोनाम शेर्पालाई हस्तान्तरण गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८२ वटा शाखा, ७९ वटा एटिएम र १०१ वटा शाखा रहित बैंकिङ्ग इकाईहरुबाट करिव चार लाखलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share News