इटहरीको पचरुखीमा टिभीएसको ह्विली बिट्स कन्सर्ट सम्पन्न

<p>काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महान पर्ब बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम लागु गरेको छ । यही अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहर मा ह्विली बिट्स कन्सर्ट सुरु गरेको छ । यसैक्रममा असोज १गते बिश्वकर्मा पूजाको दिन इटहरीको पचरुखीमा ह्विली [&hellip;]</p>

काठमाडौँ । नेपालको लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्स प्रालिले नेपालीहरुको महान पर्ब बडादशैँ तथा दीपावलीको अवसरमा ग्राहकहरुलाइ लक्षित गरि “टिभीएस दशैको दौड” भन्ने स्किम लागु गरेको छ ।

यही अवसरमा जगदम्बा मोटर्स प्रालिले नेपालको मुख्य मुख्य सहर मा ह्विली बिट्स कन्सर्ट सुरु गरेको छ । यसैक्रममा असोज १गते बिश्वकर्मा पूजाको दिन इटहरीको पचरुखीमा ह्विली बिट्स कन्सर्ट कार्यक्रम अन्तर्गत् रास्ट्रिय बाइक राइडर सन्दिप छेत्री, प्रकास अधिकारी भिम होना साथै गौरब पाठकले स्टन्ट शो प्रस्तुत गरे । चर्चित हास्य कलाकार दिनेश काफ्लेको पनि प्रस्तुति रहेको थियो ।

दशैँको दौड हो स्किमसंगै देशभरि आउने शनिबार स्वास्थ्यको लागि दशैँको दौड भन्ने कार्यक्रम अन्र्तगत देशका जनतालाई दौडाउने कार्यक्रम पनि रहेको जगदम्बा मोटर्सका मार्केटिंग म्यानेजर नबराज कोइरालाले बताए ।

Share News