मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

<p>काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको सानातथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ । स्व. मगरका छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त ईटनी, बैंकको [&hellip;]</p>

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत बैंकको सानातथा लघुबैंकिङ्ग, पर्सा शाखामा सदस्य रहेका मनमाया मगरको मृत्यु भएकोले निजले उपभोग गरेको क्रणको साँवा र ब्याज बराबरको रकम मिनाहा र फिर्ता गरेको छ ।

स्व. मगरका छोरा तथा निजले इच्छाएको व्यक्ति अशोक मगरलाई खैरहनी नगरपालिका वडा नं २ का वडाअध्यक्ष टिकादत्त ईटनी, बैंकको पर्सा शाखाका प्रमुख विश्व क्षेत्री तथा डेस्क प्रमुख सुभाष गिरीले संयुक्त रुपमा एक लाख त्रिचालिस हजार सात सय चौरासी रुपैंयाको चेक हस्तान्तरण गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङ्गले बताए ।

Share News