चीनभन्दा ठूलो ‘दुश्मन’ फेडका प्रमुख पावेल, राजिनामा दिए रोक्दिनँ – राष्ट्रपति ट्रम्प

<p>वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् । अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै प्रमुख पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइएका छन् । फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको [&hellip;]</p>

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेड)का प्रमुख जेरोम पावेलले राजिनामा दिए आफूले नरोक्ने बताएका छन् ।

अमेरिकी अर्थव्यवस्थाका सम्बन्धमा ट्रम्पका नीतिको आलोचना गरेसँगै प्रमुख पावेललाई राजिनामा दिन राष्ट्रपति ट्रम्पले सुझाव दिइएका छन् ।

फ्रान्समा आयोजना हुने सात प्रमुख औद्योगिक राष्ट्रहरुको बैठक (जी७) मा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुअघि पावेलका बारेमा सोधिएको एक प्रश्नमा राष्ट्रपति ट्रम्पले भने, “उनले राजिनामा दिए, मैले रोक्ने छैन ।”

राष्ट्रपति ट्रम्पले शुक्रबार नै एक कार्यक्रममा चीनभन्दा ठूलो “दुश्मन” पावेल रहेको बताए । हाल चीनसँग राष्ट्रपति ट्रम्पले व्यापार युद्ध नै छाेड्डेका छन् ।

फेड प्रमुख पावेलले राष्ट्रपतिको भावना विपरीत पटकपटक व्याजदर कटौती गरेको र आफ्ना अर्थनीतिलाई खुलेर समर्थन नगरेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन् । यद्यपि राष्ट्रपति ट्रम्पले नै पावेललाई केन्द्रीय बैंकको प्रमुखमा सन् २०१८ मा नियुक्त गरेका थिए । रासस /एएफपी

Share News