नेपाली बजारमा टाटा एच फाइभको बुकिङ्ग खुल्ला

<p>काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा विहीबारदेखि बुकिङ्ग देखि खुल्ला भएको छ । नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना खहुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा [&hellip;]</p>

काठमाडौँ । टाटा मोटर्सको चर्चित प्रिमियम एसयूभी टाटा एच फाइभको नेपाली बजारमा विहीबारदेखि बुकिङ्ग देखि खुल्ला भएको छ ।

नेपालका लागि टाटा मोर्टसको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिका अनुसार भदौ १० गतेबाट १५ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना खहुने १४औं संस्करणको नाडा अटो शो २०१९ मा टाटा एच फाइभ पहिलो पटक नेपाली बजारमा सार्वजनिक हुँदैछ ।

भारतमा टाटा ह्यारियर पनि भनेर चिनिने टाटा एच फाइभ बुकिङ गर्नका लागि २५ हजार रुपैयाँ जम्मा गराउनु पर्ने हुनेछ । साथै सिप्रदीले ग्राहकहरूलाई टाटा एच फाइभ मन परेन भने १२० प्रतिशत बुकिङ्ग रिफन्ड गर्ने जनाएको छ ।

क्रियो टेक २.० लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एचफाइभ भारतीय बजारमा निकै चर्चित छ । एच फाइभमा रहेको इन्जिनले १३८ बीएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । टाटा एच फाइभ ल्यान्डरोवरको ओमे गाडी एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो ।

Share News