कन्सल्टेन्सी खोली वैदेशिक रोजगारीमा पठाउनेतिर विभागको ध्यान

<p>काठमाडौं । काठमाडौ जिल्ला सिनामंगल स्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्ट्यान्सीमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । पछिल्लो समय सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो। अनुगमनको [&hellip;]</p>

काठमाडौं । काठमाडौ जिल्ला सिनामंगल स्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्ट्यान्सीमा वैदेशिक रोजगार विभागले अनुगमन गरेको छ । पछिल्लो समय सामाजिक संजाल मार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागी विज्ञापन गरी अन्तरवार्ता लिई अवैध वैदेशिक रोजगार सम्वन्धी कार्य गरिरहेको भन्ने उजुरीको आधारमा विभागवाट खटिगएको आकस्मिक टोलीले गौशला प्रहरीको सहयोगमा उक्त कन्सल्टेन्सीमा आकस्मिक अनुगमन गरेको थियो।

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएका व्यक्तिहरुको आवेदन फायल तथा व्यतिmहरुको राहदानीको स्क्यान कपी, कामदार भिषा र युरोपका विभिन्न मुलुकमा कामदार भिषामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सि.पि.यु जफत गरी ल्याएको छ भने संचालक सुजित कुमार श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागी पत्र थमौती गरेको छ ।
पछिल्ला दिनहरुमा शैक्षिक परामर्शदाताको रुपमा दर्ता भएर विभिन व्यक्तिहरसँग मोटो रकम लिई नियम विपरीत विभिन्न मुलुकमा वैदेशिक रोजगारको लागि पठाउने गरेको उजुरी विभागमा प्राप्त भैरहेको छ। यस सम्वन्धमा विभागले शिक्षा मन्त्रालयसँग आवश्यक समन्वय गरी अनुगमनको कार्यलाई तिव्रता दिने नीति लिएको जनाएको छ ।

Share News