स्ट्याण्डर्ड चार्टर्डले माइती नेपाललाई गर्यो ३७ लाख नगद र २० थान ल्यापटप सहयोग

<p>काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले माइती नेपाललाई ३७ लाख २२ हजार ५ सय १७ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु अभियान अन्तरगत सो सहयोग रकम हस्तान्तरण गरिएको हो । माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रदान गरिएको हो । असायक युवतीहरु [&hellip;]</p>


काठमाडौँ । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले माइती नेपाललाई ३७ लाख २२ हजार ५ सय १७ रुपैयाँ हस्तान्तरण गरेको छ । बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु अभियान अन्तरगत सो सहयोग रकम हस्तान्तरण गरिएको हो । माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रदान गरिएको हो ।

असायक युवतीहरु र महिलाहरुलाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा शसक्तिकरण गराउने लक्ष्य राखेको छ, जसबाट महिलाहरुलाई महिनावारी हुँदा स्वच्छ सुरक्षित सरसफाईमा प्रोत्साहन मिल्नेछ ।

स्ट्याण्डर्ड चार्टर्डद्वारा भविश्य निर्माताहरु बैंकको एक त्यस्तो विश्वव्यापी पहल कदमी हो । जसले असमानताका मुद्दाहरुमा सरोकार राख्दछ र हाम्रो समुदायका युवावर्गका लागि बृहत् आर्थिक समावेशिताको प्रवद्र्धन गर्न चासो देखाउँछ । बैंकले यस योजना मार्फत न्यून आय भएका घर परिवारका विपन्न युवा वर्गहरुलाई शिक्षा, रोजगारमूलक र उद्यमशीलतामाथि केन्द्रित कार्यक्रमहरुमा सहायता प्रदान गर्ने गरेको छ ।

बुधबार माइती नेपालले आयोजना गरेको विशेष कार्यक्रममा सिएबीएम इभा एङ, आसियन एण्ड साउथ एशियाका सारोन लि, कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङका प्रमुख प्रनु सिंहले माइती नेपालका अध्यक्ष विश्व खड्का उक्त रकम र २० थान ल्याप टप हस्तान्तरण गरेका हुन् ।

Share News