सेञ्चुरी बैंकले नेपाल आखाँदान समाजलाई गर्यो सहयोग

<p>काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ । ‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई सहयोग गरिएको बैंकले जनाएको छ । [&hellip;]</p>


काठमाडौँ । सेञ्चुरी कमर्सियल बैंकको मानभवन शाखाद्धारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल आखाँदान समाजलाई अत्यावश्यक भौतिक सामाग्रीहरु सहयोग गरेको छ ।

‘आखाँदान महादान’ भन्ने विश्व व्यापी नारालाई आत्मसात गरि सामाजिक कार्यमा स्वयंसेवा भावनाबाट प्रेरित भई आखाँको नानी को कारणबाट हुने अन्धोपन उन्नमूलन गर्ने उद्देश्य अनुरुप स्थापित नेपाल आखाँदान समाजलाई सहयोग गरिएको बैंकले जनाएको छ ।

आँखा स्वास्थ्य सम्बन्धी जनचेतनामुलक अभिमुखिकरण कार्यक्रम सञ्चालनको लागि अत्यावश्यक भौतिक सामाग्रीहरु बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्काले नेपाल आखाँदान समाजका अध्यक्ष जगन्नाथ महर्जनलाई हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

Share News