आप्सा नेपालद्वारा सप्तरीका बाढी पीडितका लागि राहत सामाग्री हस्तान्तरण

<p>काठमाडौँ । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेको सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ । आप्सा नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी उक्त राहत सामाग्री हस्तान्तरण गरेको हो । विपद व्यवस्थापनको लागि सप्तरी जिल्लाको “तिलाठी कोईलाडी” गाउँपालिका संयोजक पत्रकार एवं अभियन्ता अनुराग अनन्तलाई आप्सा नेपालका अध्यक्ष [&hellip;]</p>


काठमाडौँ । असार अन्तिम साता वर्षासँगै आएको बाढीपहिरो र डुबानमा परेको सप्तरीको “तिलाठि कोईलाडी” गाउँपालिकाको लागि आप्सा नेपालले राहत सामग्री हस्तान्तरण गरेको छ ।

आप्सा नेपालले शुक्रबार राजधानीमा एक कार्यक्रम गरी उक्त राहत सामाग्री हस्तान्तरण गरेको हो । विपद व्यवस्थापनको लागि सप्तरी जिल्लाको “तिलाठी कोईलाडी” गाउँपालिका संयोजक पत्रकार एवं अभियन्ता अनुराग अनन्तलाई आप्सा नेपालका अध्यक्ष लोकेशकुमार मान्धरले एक सय थान त्रिपाल र एक सय कार्टुन चाउचाउ हस्तान्तरण गरेका थिए ।

Share News