३ सय विद्युतीय बसका खरिद गर्न सरकारले साझालाई दियो ३ अर्ब

<p>काठमाडौं । विद्युतीय बस खरिद गर्न सरकारले साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको छ । विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको भौगोलिक अवस्था तथा देशको अर्थतन्त्रलाई ध्यानमा राखि असोजको अन्त्यसम्म विद्युतिय बस खरिद गरि संचालन गर्ने बताए । उनले भने ‘सरकारले केहि गरेन भन्दा [&hellip;]</p>

काठमाडौं । विद्युतीय बस खरिद गर्न सरकारले साझा यातायात सहकारी संस्थालाई ३ अर्ब रुपैयाँ दिएको छ ।

विहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बसेको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपालको भौगोलिक अवस्था तथा देशको अर्थतन्त्रलाई ध्यानमा राखि असोजको अन्त्यसम्म विद्युतिय बस खरिद गरि संचालन गर्ने बताए ।

उनले भने ‘सरकारले केहि गरेन भन्दा नि अब गर्दै जाने छ त्यसैले आम जनताहरु विश्वस्त भई ढुक्क हुँदा हुन्छ, अब सरकारले विद्युतियसँगै आगामी दिनमा रेल पनि भित्राउने तयारीमा रहेको छ ।’ पछिल्लो समय देशको स्थिति र आर्थिक उन्नतिका लागि सरकारी निकाय दिनप्रति खटिरहेसँगै आगामी विकासका लागि सकारात्मक ढंगले अगाडी बढ्न पर्ने मन्त्री महासेठले भने ।

सरकारको ९९ प्रतिशत शेयर रहेको साझा यातायात सहकारी संस्था मार्फत आम जनतालाई सेवासुविधा प्रदान गर्नका लागि सरकारले छनोट गरेको बताउँदै साझा यातायातले नि स्वार्थ ढंगले काम गर्नेछ साझाको सेवाप्रति सरकारी निकायले विश्वस्त रहेको मन्त्री महासेठले बताए ।

उक्त कार्यक्रममा बोल्दै साझा यातायात सहकारी संस्थाका अध्यक्ष कन्कमणी दिक्षितले परदर्शी हिसाबले नेपालमा फाइदा हुने दिगो खालको विद्युतिय बसको विस्तार गर्ने जसले नेपालको अर्थतन्त्रलाई सुधार गर्नुका साथै वातावरण एवंम सर्वसाधारणलाई सहज हुने जानकारी दिए ।

असोजको अन्त्य तथा कार्तिकको शुरुवातमा ल्याउने भनेको विद्युतिय बस ठाँउ अनुसार फरक रह्ने छ, जसमा असक्त, जेष्ठनागरिक, बालबालिका तथा महिला पुरुषका लागि फरक एवंम सहज वस ल्याउने  मन्त्रालयले जनाएकाे छ ।

Share News