विजय लघुवित्तले स्वेडालाई एक्वीजिशन गर्ने, चुक्ता पूँजी अब २१ करोड

<p>काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वीजिशन गर्ने भएको छ । स्वेडालाई प्राप्ती गर्नको लागि असार २६ गते समझदारीमा हस्ताक्षर भएको विजय लघुवित्तका कम्पनी सचिव नारायण सापकोटाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई जानकारी गराएका छन् । कम्पनी सचिव सापकोटाका अनुसार १९ करोड ४८ लाख चुक्ता पूँजी भएको विजय लघुवित्तको स्वेडालाई प्राप्ती गरेपछि [&hellip;]</p>

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वेडा लघुवित्त वित्तीय संस्थालाई एक्वीजिशन गर्ने भएको छ ।

स्वेडालाई प्राप्ती गर्नको लागि असार २६ गते समझदारीमा हस्ताक्षर भएको विजय लघुवित्तका कम्पनी सचिव नारायण सापकोटाले नेपाल स्टक एक्सचेञ्ज(नेप्से)लाई जानकारी गराएका छन् ।

कम्पनी सचिव सापकोटाका अनुसार १९ करोड ४८ लाख चुक्ता पूँजी भएको विजय लघुवित्तको स्वेडालाई प्राप्ती गरेपछि २१ करोड चुक्ता पूँजी पुग्नेछ ।

विजयको केन्द्रीय कार्यालय नवलपरासीको गैँडाकोट हो भने स्वेडाको केन्द्रीय कार्यालय धादिङको धार्केमा रहेको छ । विजयले ३६ जिल्ला र स्वेडाले ११ जिल्लामा सेवा दिंदै आएको विजयका कम्पनी सचिव सापकोटाले जनाएका छन् ।

Share News