दुई अर्ब ३६ करोडको लागतमा बनेको वीर अस्पतालको नवनिर्मित भवन उद्घाटन

<p>काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हुन् । उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । [&hellip;]</p>

काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले वीर अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेका छन् । उनले जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेको भवन उद्घाटन गरेका हुन् ।

उपप्रधानमन्त्री यादवले अस्पतालको विकासका लागि नेपाल सरकार आवश्यक सहयोगका लागि सधैँ तयार रहेको बताए । वीर अस्पताल पछिल्लो दिनमा गर्व गर्न लायक अस्पताल बन्दै गइरहेको उहाँले औँल्याए । अस्पतालमा कार्यरत कर्मचारी कर्तव्यनिष्ठ भएर काममा लाग्न उनले निर्देशन दिए । उनले भने, “म यो अस्पतालमा काम गर्छु भन्दा आफूलाई गर्व लाग्ने गरेर काममा लाग्नुपर्छ ।”

चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा देवनारायण साहले नयाँ भवन निर्माण भएपछि जनआकाङ्क्षा बढ्ने हुँदा कर्मचारीले पनि थप काम गर्नुपर्ने बताए । कार्यरत कर्मचारी थप अनुशासित भएर काम गर्नुपर्नेमा उनको जोड छ । उनले भने, “कर्मचारीहरु समयमा नै अस्पतालमा आउने र आफ्नो जिम्मेवारी पूरा गर्न लाग्नुपर्छ ।”

विसं २०७२ को भूकम्पका समयमा अस्पतालको यो भवन क्षतिग्रस्त बनेपछि जाइकाले पुनःनिर्माण शुरु गरेको हो । नवनिर्मित भवनमा कोर्डियोलोजी, ग्यास्ट्रोलोजी र नेफ्रोलोजी विभाग रहने अस्पतालले जनाएको छ । जाइकाले यो अस्पताल र परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल एउटै आयोजनामा निर्माण गरेको हो । दुवै अस्पतालको गरेर जम्मा लागत रु दुई अर्ब ३६ करोड रहेको छ ।

Share News