१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०७६ काठमाडौंसहित अन्य २ शहरमा हुने

<p>काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले साउन र भदौ महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ । नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण [&hellip;]</p>

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर महिला श्रृजनशील केन्द्रले साउन र भदौ महिनामा ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल-श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’ आयोजना गर्ने भएको छ ।

नेपालको सबैभन्दा ठूलो तीज मेलाको रुपमा विगत १८ वर्षदेखि संचालन हुँदै आएको तीज फेस्टिवलको यो १८ औं संस्करण नेपालका विभिन्न ३ शहरहरुमा आयोजना हुने भएको छ । सन् २००२ देखि काठमाडौंको भृकुटीमण्डपमा मात्र आयोजना हुने गरेको तीज फेस्टिवल–शिर्जनशिल उद्यमी मेला यो वर्षदेखि प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ ।

काठमाडौंमा यही साउन १६ गतेदेखि २० गतेसम्म आयोजना हुनेछ भने ईटहरीमा साउन ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुँदै ‘नारी प्रिजेन्ट एनआईसी एसिया बैंक ‘१८ औं तीज फेस्टिवल–श्रृजनशील उद्यमी मेला २०१९’ इन एसोसिएसन विथ सेफ्टी’को समापन पनि हुनेछ ।

प्रदर्शनीलाई आकर्षक र मनोरन्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निशुल्क मेहन्दी लगाउने कार्यक्रम, निशुल्क कपाल कटिंग कार्यशाला, बालबालिकाहरुका लागि गेमिंग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायीक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क बिस्तार र व्यवसाय वृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।

Share News