काठमाडौ। एसएलसीमा ४ जिपिए ल्याएका विद्यार्थीलाई जेभियर ईन्टरनेसनल कलेजले छात्रवृत्ति दिएको छ। कालोपुलस्थित जेभियर ईन्टरनेसनल कलेजले एसएलसीमामा ४ जिपिए ल्याएर भर्ना भएका विद्यार्थीहरुलाई छात्रबृत्ति दिएको हो।
कलेजले उत्कृष्ट, जेहेन्दार तथा आर्थिक स्थित कमजोर भएको विद्यार्थीहरुको लागि हरेक बर्ष छात्रबृत्तिको योजना ल्याउने गरेको छ। कलेजमा विदेशी व्यवस्थापकको प्रस्थानसँगै कलेज पछिल्लो समय अभिभावक र विद्यार्थीको छनोटमा परेको कलेजका प्रिन्सिपल गोपाल भण्डारीले बताए।
कलेजमा ए लेभलका साथै, प्लस टु, बिएस्सी इन्भाइरोन्मेन्ट,बिएस्सी माइक्रोबायोलोजी,बिबिएम, बिबिएस,बिएसडब्लु, एमबिए जस्ता बिधामा अध्यापन हुने गरेको छ।