वार्षिकोत्सवको अवसरमा अजोडले वितरण गर्यो शैक्षिक सामाग्री

<p>काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिकोत्सवका अवसरमा असार २३ गते श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौँलाई शैक्षिक सामाग्री वितरण गरेको छ । अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्णहरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब [&hellip;]</p>


काठमाडौँ । अजोड इन्स्योरेन्स लिमिटेडले प्रथम वार्षिकोत्सवका अवसरमा असार २३ गते श्री मंगल माध्यमिक विद्यालय, नयाँ नैकाप, काठमाडौँलाई शैक्षिक सामाग्री वितरण गरेको छ ।

अजोड इन्स्योरेन्स लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाले शैक्षिक सामाग्री वितरण गरेका हुन् । उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्णहरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक गोविन्दप्रसाद ढकाल र बरिष्ठ सहायक उषा बस्नेत समेतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गरेकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहयोगको अपेक्षा राखेको बताए ।

Share News