
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको ३ लाख ७७ हजार ४५७.५ कित्ता संस्थापक समूहको सेयर बोलपत्रद्वारा बिक्री गरिने भएको छ ।
प्रति सेयर मूल्य ३ सय रुपैयाँ रहेको छ । सो भन्दा बढी मूल्य अंकित गरी असार ३१ गतेदेखि साउन २९ गतेसम्म प्रति सेयर के कति दर रेटमा लिन कबुल गर्ने हो सो को शिलबन्दी बोलपत्र आवेदन बिद्यमान संस्थापक सेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले पेश गर्न सक्नेछन् ।
बोलपत्र पेश गर्दा संस्थापकतर्फ न्यूनतम १०० कित्ताको लागि आवदेन दिनु पर्ने र अधिकतम सेयर संख्याको लागि भने कुनै हद नलाग्ने बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।