माछापुच्छ्रे बैंकद्धारा धनगढीमा राहत, उद्धार तथा पुनर्निर्माण कार्यमा सहयोग

<p>काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले धनगढी उप-महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. एक लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ । जेठ २३ गते आएको भीषण हावाहुरीका कारण धनगढी उप-महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए [&hellip;]</p>


काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले धनगढी उप-महानगरपालिको प्रकोप व्यवस्थापन कोषलाई रु. एक लाख एकाउन्न हजार एक सय एघार रुपैँयाको चेक राहत, उद्धार तथा पुनर्निर्माण कार्यका लागि हस्तान्तरण गरेको छ ।

जेठ २३ गते आएको भीषण हावाहुरीका कारण धनगढी उप-महानगरपालिकाका १९ वटै वडाहरुमा करोडांैको धनमाल लगायत भौतिक संरचनामा क्षति भई करिब ४,७२४ घरधुरीहरु प्रभावित भएका थिए ।

बैंकको सुदुरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख हरी ऐरले उक्त चेक धनगढी उप-महानगरपालिकाका मेयर नृपबहादुर वड तथा कार्यकारी प्रमुख नारायणप्रसाद सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

Share News