एसईईको ग्रेडवृद्धि परिक्षा साउनको अन्तिम साता

<p>काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो। एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आएका विद्यार्थीहरुले ग्रेडवृद्धिको परिक्षा दिन पाउने छन्। यस्तै तीन वा तीन भन्दा बढी बिषयमा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले आगामी सालको चैत [&hellip;]</p>

काठमाडौं। एसईईको ग्रेडवृद्धि परिक्षा साउनमा हुने भएको छ। राष्ट्रिय परिक्षा बोर्डले बुधबार कार्यतालिका सार्वजनिक गर्दै परिक्षा साउन २६ र २७ गते हुने जानकारी दिएको हो।

एसईई परिक्षामा दुई विषयमा सी वा सी भन्दा कम ग्रेड आएका विद्यार्थीहरुले ग्रेडवृद्धिको परिक्षा दिन पाउने छन्। यस्तै तीन वा तीन भन्दा बढी बिषयमा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले आगामी सालको चैत महिना कुर्नुपर्नेछ।

एउटा मात्र ग्रेडवृद्धि परिक्षामा सहभागी हुने विद्यार्थीले साउन २६ गते परिक्षा दिनुपर्ने र दुई वटामा ग्रेडवृद्धि परिक्षा दिने विद्यार्थीले साउन २७ मा परिक्षा दिनुपर्ने परिक्षा बोर्डले प्रकाशित सुचनामा जनाएको छ।

परिक्षा बिहान ८ बजे देखी ११ बजेसम्म हुनेछ।

Share News