गरिमाका ग्राहकलाई मनमोहन मेमोरियल पूर्वाञ्चलमा विशेष छुट

<p>काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ । आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पश्चात गरिमा [&hellip;]</p>


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडका ग्राहकहरुलाई मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पताल विर्तामोडमा लाग्ने उपचार खर्चमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

आईतबार गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालको तर्फबाट अस्पताल संयोजक रोमनी भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पश्चात गरिमा विकास बैंक लिमिटेडमा बचत खाता रहेका ग्राहकहरु तथा भिजा कार्ड होल्डरहरुले मनमोहन मेमोरियल पूर्वाञ्चल सामुदायिक अस्पतालमा उपचार गराउँदा अपरेशन शुल्क, बेड शुल्क, मेडिकल शुल्क, ल्याब, फिजियो थेरापी, पूर्ण शारीरिक परीक्षण, डेण्टल सेवालगायतका सेवाहरुमा विशेष छुट प्राप्त गर्नेछन् ।

Share News