काठमाडौं । राजधानीका तीन स्थानमा एकै पटक सञ्चालन भैरहेको मनसुन मोबाइल मेगा अफरमा मोबाइल किन्नेको भिड लागेको छ । सेवाग्राहीको चाहनालाई ध्यानमा राखेर झण्डै आधादर्जन अफरहरु थप गरिएको हो । एउटा मोबाइल किन्दा अर्को मोबाइल निशुल्क पाउने यस अघिको योजनामा मोबाइलका ४ मोडलहरु थप गरिएको छ ।
यसका साथै हरेक मोबाइलको खरिदमा १ लाख रुपैंयासम्मको जीवनबीमा, निशुल्क सिनेमा टिकट लगायतका अफरहरु थपगरिएको छ । ६ सय ५० रुपैंयामा मोबाइल किन्नेहरु पनि उल्लेखित अफरमा सहभागि हुनेछन् । चबहिल चुच्चेपाटी स्थित के एल मोबाइल हब, दरबार मार्गस्थित मर्कन्टाइल प्लाजाको पहिलो तल्लामा रहेको एप्पल वल्र्ड मोबाइल तथा सिटिसि मल सुन्धाराको भुई तल्लामा रहेको सिटिसी मोबाइल हबमा जारी मोबाइल मेलामा उल्लेखित अफरहरु थप गरिएको हो ।

मेलाअवधिमा एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा पाइने अफर आईमार्स मिल्की वे एम २, आई मार्स भि सन ६, नुबिया जेट मिनी १७, जेट १७मिनी एस्, जेट १७लाईट,नुबिया भि १८ लगायतमोडलका मोबाइलको हकमा लागू हुनेछ । १५हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स मिल्की वे एम टू मा२ वटा सिमकार्ड, ओ एस एण्ड्रोइड ८.१ भर्सन, ३२ सय एमएएचको व्याट्री, ५ दशमलव ४५ इञ्चकोस्क्रीन, ८ मेगापिक्सेलको फ्रण्ट क्यामेरा तथा १३ मेगापिक्सेलको रियर क्यामेरा, २ जीबी र्याम तथा १६ जीबी स्टोरेज छ ।
१० हजार ४ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने आईमार्स भि सन ६ मोबाइलमा एण्ड्रोइड ७, ५ इञ्चको एचडी आईपीएस स्क्रीन१ जीबी र्याम, १६ जीबी स्टोरेज, २२०० एमएएचको व्याट्री छ । नुबिया ब्राण्डको बिशेषता सिडीएमए तथा जिएसएमसिम एकै साथ प्रयोग गर्न सकिन्छ । २८ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७मिनीमा ५.२ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, १६ मेगा पिक्सेलको फ्रण्ट तथा १३ मेगा पिक्सेलको रियर क्यामेरा छ ।
त्यसै गरी ३६ हजार ९ सय९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबिया जेड १७मिनीएसमा ५.२ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४जीबी स्टोरेजका साथै पछिल्ला एण्ड्रोइड फिचर समावेश गरिएको छ । ३४ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट खरिद गर्न सकिने नुबिया जेड १७ लाइटमा ५.५ इञ्चको स्क्रीन, ६ जीबी र्याम, ६४ जीबी स्टोरेज, फंगिरप्रिण्टका साथै आधुनिक फिचर्स छन् ।
३१ हजार ९ सय ९९ रुपैंयामा २ वटा सेट किन्न सकिने नुबियाभी १८ मा६ इञ्चको स्क्रीन, ४ जीबी र्याम, ६४ जीबी स्टोरेज, भी७.१ एण्ड्रोइड भर्सन, चार हजार एमएएचको व्याट्री, फिंगरप्रिण्ट सेन्सर लगायतका विशेषता छन् । मेलामा जुनसुकै ब्राण्डका मोबाइल शुन्य प्रतिशत ब्याजदरमा शुन्य प्रतिशत डाउन पेमेन्ट तथा ७० प्रतिशतसम्मको छुटमा किन्न सकिन्छ ।
पुरानो मोबाइलनयाँ मोबाईल साट्ने व्यवस्था पनि मिलाइएको छ । साथै मोबाइल किन्दा मेरो सुरक्षाको मोबाईल प्रोटेक्सन प्लान र १ लाख बराबरको जीवनबीमा निशुल्क पाउने छन् । मोइबालको खरिदमा आर्कषक उपहारको व्यवथा गरिरेको थियो । साथै गोलाप्रथाबाट प्रत्येक दिन एउटा मोबाइल बितरण गरिने छ । मोबाइल मेला आगामी असार १५ गतेसम्म चल्नेछ ।