टिकुलीगढका तीन सय ४३ कृषकले पाए प्रदेश सरकारको प्रोत्साहन

<p>काठमाडौं । तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् । श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध [&hellip;]</p>

काठमाडौं । तिलोत्तमा–१३ र १४स्थित टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् ।

श्री टिकुलीगढ दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिडमिटेमा आवद्ध कृषकहरुलाई संस्था मार्फत वितरण गरिएको प्रदेश सरकारको उक्त प्रोत्साहन कार्यक्रमले कृषकहरुमा एक खालको उर्जा उत्पन्न भएको छ भने, कृषि पेशामा युवा आकर्षण बढ्न सक्ने पूर्वानुमान पनि गरिएको छ ।

उक्त दुग्ध उत्पादक तथा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा शनिबार तिलोत्तमा–१३ बनकट्टीमा एक कार्यक्रम गरेर प्रदेश सरकारको उक्त प्रोत्साहन रकम वितरण गरिएको संस्थाका व्यवस्थापक रामहरी शर्माले जानकारी गराएका हुन् ।

शर्माका अनुसार २०७४ साउन १ गते देखि २०७५ असार ३२ गते सम्म सहकारीमा दुध बिक्री वितरणको लागि लैजाने तीन सय ४३ दुग्ध उत्पादक कृषकलाई प्रतिलिटर एक रुपैयाँ ९२ पैसाका दरले छ लाख लिटर दुधको ११ लाख ५२ हजार प्रोत्साहन वापतको रकम दुग्ध उत्पादक कृषकलाई उपलब्ध गराईएको हो ।

 

Share News