१० औं भारतिय शिक्षा मेला जेठ ३२ देखी सुरु हुँदै, एकेडेमिक एक्सिलेन्सको आधारमा छात्रवृत्ति

<p>काठमाडौं। १० औं भारतिय शिक्षा मेला हुने भएको छ। उच्च शिक्षाको लागि सही गन्तव्य भारत पनि हुनसक्ने भन्ने अभिप्रायको साथ यह्ही जुन १५ र १६ गते मेला हुन लागेको हो। मेलामा भारतको ५० भन्दा बढी कलेज र युनिभरसिटीको सहभागिता रहनेछ। भारतीय शिक्षालाई प्रबर्दन गर्ने उदेश्यको साथ आयोजना गरिएको मेलामा भारतिय शिक्षाको बारेमा अभिभावक र विद्यार्थीलाई व्रिस्तित [&hellip;]</p>

काठमाडौं। १० औं भारतिय शिक्षा मेला हुने भएको छ। उच्च शिक्षाको लागि सही गन्तव्य भारत पनि हुनसक्ने भन्ने अभिप्रायको साथ यह्ही जुन १५ र १६ गते मेला हुन लागेको हो। मेलामा भारतको ५० भन्दा बढी कलेज र युनिभरसिटीको सहभागिता रहनेछ। भारतीय शिक्षालाई प्रबर्दन गर्ने उदेश्यको साथ आयोजना गरिएको मेलामा भारतिय शिक्षाको बारेमा अभिभावक र विद्यार्थीलाई व्रिस्तित जानकारी दिईने कार्यक्रमका मुख्य प्रायोजक रहेको विजय कर्नाटका प्रतिनिधिले जानकारी दिए।

विद्यार्थी र अभिभावकले उच्च शिक्षाको लागी भारत किन उपयुक्त छ भनेर मेलामा आएर जानकारी लिन सक्नेछन्। मेलामा विद्यार्थीलाई करिअर काउन्सिलिङको लागि शिक्षण संस्थाका डाईरेकटर, प्रिन्सिपल र प्रोफेसर उपस्थित हुनेछन्। मेलामा उपस्थित सबै कलेज तथा युनिभर्सिटीहरु भारत सरकारबाट मान्यता प्राप्त शिक्षण संस्था रहेका छन्। मेलामा ईन्जिनियरिङ्ग, म्यानेज्मेन्ट, मेडिसिन, फार्मेसी, होटल म्यानेज्मेन्ट, फेसन टेक्नोलिजी, बायो टेक्नोलोजी, मेरिन लगायतका बिषय अन्तर्गतका १ सय भन्दा बढी कोर्समा विद्यार्थीए जानकारी पाउनेछन्।

मेलामा विद्यार्थीको एकेडेमिक एक्सिलेन्सको आधारमा शैक्षिक संस्थाहरुले दर्जनौं बिषयमा छात्रवृत्ति प्रदान गरिने द नलेक नेटवर्कका फाउन्डर सिईओ राम मेरिनले बताए।

Share News