
काठमाडौँ । महालक्ष्मी विकास बैंकले नवलपुर जिल्लाको कावासोती नगरपालिका वडा नं ८ मा कावासोतीमा शाखा बिस्तार गरेको छ । बिहीबार उक्त शाखाको कावासोती नगरपालिकाका प्रमुख चन्द्रकुमारी पुनले उद्घाटन गरिन् ।
उक्त अवसरमा बैँकका नायब प्रमुख कार्यकारी अधिकृत दिपेश लम्सालले देशको अर्थतन्त्रलाई सुदृढ बनाउन बैंक अपरिहार्य भएको बताए ।
देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा ९६ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवा प्रदान गरिरहेको र ग्राहक संख्या ४ लाख ५० हजार भन्दाबढी रहेको बैंकले जनाएको छ ।