आइएमई लिमिटेड १९औं वर्षमा प्रवेश, सीईओ पोखरेल सहित ७० जनाले गरे रक्तदान

<p>काठमाडौं । रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई मध्यनजर गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको हो । ‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ [&hellip;]</p>


काठमाडौं । रेमिटेन्स कम्पनी आइएमई आजदेखि १८औं वर्ष पूरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।  रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई मध्यनजर गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको हो ।

‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरियो । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित ७० जना कर्मचारीहरूले रक्तदान गरेका छन् ।

१९औं वार्षिकोत्सवको अवसरमा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रवन्ध निर्देशक हेमराज ढकालले आम सेवाग्राही, व्यावसायिक साझेदार, सहकर्मी मित्रहरु, नियामक निकाय, शुभेच्छुक–शुभचिन्तक सबैलाई धन्यवादसहित हार्दिक आभार प्रकट गरेका
छन् ।

१९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिव १० हजार सवएजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दुःख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।

Share News